प्रदेश नम्बर २ : थप ५७ जनामा कोरोना पुष्टिसँगै संक्रमितको संख्या ५ सय ५४ पुग्यो
शनिबार, १७ जेठ २०७७, १८ : १३
जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नम्बर २ को समाजिक बिकास मन्त्रालयले गरेको दैनिक मिडिया ब्रिफिङ्गमा प्रदेश भरमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको हो ।
सप्तरीमा ९, सिरहामा ११ धनुषामा ७, महोत्तरीमा ४, सर्लाहीमा १७ ,रौतहटमा ६, बारामा १ र पर्सामा २ जना गरि कुल ५७ जना नयाँ संक्रमित थपिएको समाजिक बिकास मन्त्रालयका सचिव रामप्रसाद घिमरेले जानकारी दिए ।
त्यस्तै धनुषामा अहिलेसम्म कुल धनुषामा ४९, सप्तरीमा ४३, सिरहामा २५, सर्लाहीमा ६२, महोत्तरीमा २७, रौतहटमा १८८, बारामा ५८ र पर्सामा १०२ जना गरी कुल ५ सय ५४ जना संक्रमित रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले बताए ।
आज थप ५७ जना कोरोना संक्रमित भएसँगै ५ सय ४७ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता
-
नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापनाको घोषणा
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला