ज्वरो आएको भनेपछि घोराहीको एक अस्पतालले बिरामीको उपचार नगरेको गुनासो
दाङ । तुलसीपुरबाट उपचारको लागि आएका एक जना बिरामीलाई दाङको घोराहीस्थित बुद्ध अन्तर्राष्ट्रिय अस्पतालले उपचार गर्न नमानेको गुनासो आएको छ । तुलसीपुर निवासी बिरामी अम्मर नेपालीलाई अस्पतालले बाहनाबाजी गरेर उपचार नगरेको हो ।
तुलसीपुरको पाल्पा क्लिनिकले नेपालीको सामान्य उपचारपछि बुद्ध अस्पतालमा रिफर गरेपनि अस्पतालले उल्टै उपचार नगर्दा दुःख पाएको बिरामीका आफन्त सुदा नेपालीले बताइन् ।
सुरुमा भित्र बिरामी लगेको र ज्वरोको बिरामी भनेपछि अस्पतालले बिरामी राख्न नमानेको बताइन् । कोरोनाको बिरामी भनेपछि बुद्ध अस्पतालले राख्ने नगरेको सुदाको आरोप छ ।
रिफर गरेको अस्पतालमा उपचार गराउन आउँदा आफूलाई अस्पतालले ज्वरो आएको भन्दै अस्पतालको भित्रबाट निकालेर गेट बन्द गरेको नेपालीले गुनासो पोखे ।
यस विषयमा बुद्ध अस्पतालका सञ्चालक तथा चिकित्सक डा. रमेश बस्नेतले बिरामी बुद्ध अस्पतालमा आएको र पिसिआर टेस्ट गर्न प्रतिष्ठानमा बिरामी पठाइएको बताए ।
बुद्ध अस्पतालले बिरामी नराखेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठानले बिरामी राखेर भर्ना गरेको छ । जन्डिसको समेत बिरामी भएकाले उनको उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत
-
सूर्यज्योतिले मनायो आफ्नो १६ औँ वार्षिकोत्सव
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने