केन्द्रीय संस्करण

क्वारेन्टिनमा मृत्यु भएकाको पिसिआर नेगेटिभ

person explore access_timeजेठ १७, २०७७ chat_bubble_outline0

प्युठानमा यही जेठ १३ गते क्वारेन्टिनमा मुत्यु भएकी महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । 

ऐरावती गाउँपालिका वडा नं ६ बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बस्दै आएकी  महिलाको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

ती महिलाले लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराइरहेकामा चिकित्सकले निको नहुने भनी घर पठाएका थिए । उनीसंँगै क्वारेन्टिनमा बसेका उनका श्रीमान्, आमा, भाइ र  दुई छोराको यसअघि आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.