शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रंगभेद र अश्वेतमाथिको विभेदबारे बोले ओबामा

शनिबार, १७ जेठ २०७७, २१ : ४१
शनिबार, १७ जेठ २०७७

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले जर्ज फ्लोइडको मृत्युपछि मिन्नियपोलिस मिन्नेसोता र देशभर भइरहेको  प्रदर्शनबारे मुख खोलेका छन् । 

उनले रंगभेद र अश्वेत अमेरिकीमाथिको असमान व्यवहारबाट माथि उठ्दै ‘नयाँ अवस्था’ वातावरण सिर्जना गर्न कानून निकायसहित सबैले मिलेर काम गर्नुपर्ने बताए । 

‘महामारी र आर्थिक संकटले हाम्रा सबै कुरा पल्टिएका बेला जीवन फेरि सामान्य अवस्थामा फर्कियोस् भनेर काम गर्नु स्वभाविक छ,’ ओबामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘तर हामीले याद गर्नुपर्छ कि दशौं लाख अमेरिकीलाई रंगभेदका आधारमा फरक व्यवहार गरिएको छ । उनीहरु दुखद्, पीडादायी र फ्रस्टेड हुनु ‘आम’ भइसकेको छ । २०२० को अमेरिकामा यो सामान्य हुनुहुँदैन ।’

फ्लोइडको हत्याबारे आफ्नो अक्रोश पोख्दै एक अफ्रिकन अमेरिकी व्यापारीले लेखेको इमेलको सन्दर्भ पनि ओबामाले आफ्नो विज्ञप्तिमा समावेश गरेका छन् । जहाँ लेखिएको छ,‘  घाँटीमा घुडाँले किच्नु प्रणालीले कसरी अश्वेत व्यक्तिलाई तल झार्छ र सहयोगका लागि गरिएको याचनालाई अस्विकार गर्छ भन्ने संकेत हो । साँच्चै दुखद् ।’ 

ओबामाले आफ्ना साथीसँग भएको अर्को एक कुराकानीको सन्दर्भ पनि उल्लेख गरेका छन् । ती साथीले १२ वर्षीय किडरोन ब्रायन्टको भाइरल गीतको शब्द सापटी लिँदै फ्लोइडको हत्या र वर्तमान अवस्थाप्रतिको आफ्नो अनुभवबारे बताएका थिए । 
ओबामाले ठ्याक्कै कुन शब्द हो भेनर उल्लेख गरेनन् । तर ब्रायन्डको गीतले अश्वेत अमेरिकीको भय र आशालाई अभिव्यक्त गरेर चर्चा कमाइरहेको छ । 

‘म अश्वेत युवक हुँ । उभिनका लागि आफुले गर्नसक्ने सबै गरेको छु,’ ब्रायन्टले गाएका छन्, ‘ तर जब म आसपास हेर्छु र  म जस्ता व्यक्तिप्रति के गरिएको छ भनेर देख्छु । तब मलाई प्रार्थना आवश्यक पर्छ ।’

पूर्व राष्ट्रपतिको यो अभिव्यक्ति राष्ट्रपति डोनाल्ड ट्रम्पको विज्ञप्तिसँग परस्पर विरोधी छ । यसअघि ट्रम्पले प्रदर्शनकारीलाई ठग भन्दै ट्वीट गरेका थिए । ‘जब लुट सुरु हुन्छ । तब सुटिङ सुरु हुन्छ ,’ उनले लेखेका थिए । यसलाई ह्वाइट हाउसको आधिकारीक ट्वीटर एकाउन्टबाट रिट्वीट गरिएको थियो । तर दुबैले सामाजिक सञ्जालको नियमविपरीत हिंसालाई मलजल गरेको भन्दै ट्वीटरले फ्ल्याग्ड गरिदिएको छ । 
ओबामाको विज्ञप्ति उनी आफैं राष्ट्रपति छँदा यस्ता प्रदर्शनमा दिने गरेका अभिव्यक्तीभन्दा पनि निकै फरक छ । आफ्नो कार्यकालमा उनले यस्ता धेरै प्रदर्शन सामना गर्नुपरेको थियो ।  

जब टिनएजर माइकल ब्राउनलाई प्रहरी अधिकारीले फर्गुसनमा गोली हानेका थिए । त्यतिबेला ओबामाले छोटो विज्ञप्ती निकालेका थिए र यो विज्ञप्ती नयाँ अवस्था सिर्जना गर्ने नभएर शान्ति कायम गर्ने विषयमा केन्द्रीत थियो । 
२०१५ मा मेरिल्यान्ड राज्यको बाल्टिमोरस्थित फ्रेड्डी ग्रेमा प्रहरी मारिदाँ ओबामाले प्रदर्शनकारीहरुलाई अपराधी भनेका थिए । 

तर अहिले उनी राष्ट्रपति छैनन् । कार्यालयमा नभएका कारण उनी अहिले सामाजिक परिवर्तनको नेतृत्व गर्ने प्रयासका लागि स्वतन्त्र छन् । जसको वाचा उनले राष्ट्रपतिको उम्मेदवार छँदा नै गरेका थिए । र, अहिले अमेरिकाले दयालु नेतृत्व खोजिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप