शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानका २२ र कालिकोटका १८ सहित कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १७ जेठ २०७७, २३ : १६
शनिबार, १७ जेठ २०७७

-उपेन्द्र न्यौपाने

कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला रहेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा ३७ जनामा कोरानाभाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बिश्वराज काफ्लेले जानकारी दिए ।  

उनका अनुसार शनिबार रातिसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८ र दैलेखका १८ र बाजुराका १ जना रहेका छन् । 

यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ । 

आजै पर्सामा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै संक्रमितको केन्द्रीय स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा जानकारी दिन बाँकी रहेको छ । 


केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा देशभर १४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । यस्तै २१९ जना निको भएर घर फर्किएका छन् । हालसम्म ७ जनाको कोरोनाका कारण मृत्यु समेत भइसकेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप