शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजारमा म्याद गुज्रेको सिमेन्टको बिगबिगी, सरकारी अनुगमन शून्य

म्याद गुज्रिसकेको सिमेन्टको कारण संरचना नै भत्कन सक्छ
आइतबार, १८ जेठ २०७७, ०९ : २५
आइतबार, १८ जेठ २०७७

नेपालमा लकडाउन सुरु भएको ६९ दिन पुगिसक्यो । लकडाउन सुरु भएपछि अधिकांश सिमेन्ट उद्योगले आफ्ना सामानहरुको उत्पादन पनि सुरु गरेका छैनन् । केही उद्योगहरुले स्थानीय स्तरमा सिमेन्ट उत्पादन गरेको भएपनि त्यो सिमेन्ट मुख्यतः जिल्लाभित्रै व्यापार गरेको छ । यसका बावजुद काठमाडौँमा भने अझैपनि सिमेन्ट पाइरहेको छ । कसरी ?

काठमाडौंमा उपलब्ध सबैजसो सिमेन्टको म्याद गुज्रिसकेको छ । अर्थात् काठमाडौँमा पाइने अधिकांश सिमेन्टहरु ‘डेट एक्सपायर’ भइसकेका सिमेन्ट छन् । तर पनि यी सिमेन्टहरु निर्वाधरुपमा बिक्री वितरण भइरहेको छ । विकास निर्माणको काम पनि भइरहेको छ ।

सिमेन्टको आयु नै जम्मा ३ महिना

नेपालमा उत्पादन भएका सिमेन्टहरुको आयु अर्थात् ‘एक्सपायरी डेट’ भनेको बनेको अर्थात् प्याकिङ भएको मितिले जम्मा ३ महिना मात्रै हो । तर लकडाउन भएको ३ महिना पुग्नै लागिसक्दा पनि काठमाडौँमा सिमेन्ट भने पाइरहेकै छ । जबकि अधिकांश सिमेन्ट उद्योग यतिबेला बन्द नै छन् भने काठमाडौँमा पनि अधिकांश सिमेन्ट कम्पनीले सिमेन्ट पठाएका छैनन् ।

करिब एक साता अघि तारकेश्वर नगरपालिकामा पर्ने मनमैजुमा एक व्यक्तिले आफ्नो घरको तेस्रो ढलान गर्दै थिए । उनले पहिलो र दोस्रो ढलान गरेकै नाम चलेको सिमेन्ट मगाएका थिए । तर सिमेन्ट उपलब्ध गराउने डिलरले भने मिति गुज्रिसकेका नामै नचलेको सिमेन्ट पठाए ।

ढलानकै अघिल्लो दिन राती ९ बजे सिमेन्ट ल्याएर डिलरले झारिदियो । तर उक्त सिमेन्ट आफूले भनेको सिमेन्ट नभएको भने पनि ओपिसी सिमेन्ट नै हो, केही फरक पर्दैन भन्दै झारिदियो ।

ढलानको करिब ८ घण्टा अगाडि मात्रै सिमेन्ट झरेपछि उनले बाध्य भएर उक्त सिमेन्टले नै घरको ढलान गरे । तर जब ढलान गरियो, त्यसको २४ घण्टामा नै सिमेन्टको हालत देख्न थालियो । ढलान गरेको स्थानमा चिरा चिरा पर्न थाल्यो । ढलानको छेउछेउमा पानी भर्नका लागि बनाइएको घेरा पनि माटो झैँ आँफै खस्न थाल्यो । त्यसपछि मात्रै ती व्यक्तिले आफ्नो घरमा प्रयोग भएको सिमेन्ट गुणस्तरीय नभएको थाहा पाए ।

सिमेन्टको गुणस्तर कमजोर भएको थाहा पाएपछि उनले ढलान गरेर बाँकी रहेको सिमेन्टको बोरा हेरे । सिमेन्टको बोरामा उत्पादन भएको मितिले ३ महिनाभित्र उपभोग गरिसक्नुपर्ने कुरा उल्लेख गरेको थियो । तर पनि सिमेन्टमा उत्पादन भएको मिति भने उल्लेख गरेको थिएन ।


ठेकेदारले सबै वस्तुहरु मिलाएरै हालेको तर के भएर यस्तो भयो थाहा भएन भने । घरधनीले बाँकी रहेको सिमेन्ट हेरे । उनको सिमेन्ट पनि सानो सानो डल्लो पर्न थालिसकेको थियो । उनले सिमेन्टको मिति हेरे । सिमेन्टको बोरामा उत्पादन भएको मितिले ३ महिनाभित्र उपभोग गरिसक्नुपर्ने लेखेको भएपनि उत्पादन मिति भने लेखिएको थिएन ।


उनीसँग बाँकी रहेको १० बोरा सिमेन्टमध्ये एक बोरा सिमेन्ट आँफैले खोले । त्यसपछि सिमेन्ट कस्तो छ भनेर हेरे । सिमेन्ट त खरानीजस्तो फुङ्ग उडेको र सिमेन्टको जस्तो रङ पनि नभएको पाए । त्यतिमात्रै होइन सिमेन्ट त डल्लो पर्न थालिसकेको रहेछ ।

त्यसपछि माछापोखरीमा रहेको सिमेन्टको डिलरकहाँ पुगे उनी । सिमेन्टको गुणस्तर के हो ? के भएको हो भनेर सोध्दा उनले गुणस्तर ठीक नै भएको तर मात्रा नमिलेको हुन सक्छ भन्दै सिमेन्टकै घोल बनाएर छत भर्न भने । घरधनीले ठेकेदारसँग मिलेर सिमेन्टकै घोल बनाए र चर्केको ठाउँमा भरे । तर पनि चर्केको भाग राम्रोसँग बसेन । बरु छतमा पानी हाल्दा पानीसमेत चुहिन थाल्यो ।

त्यसपछि उनी कानुनी उपचार खोज्ने भन्दै खोजबिन गर्न थाल्दा थाहा भयो, उक्त सिमेन्ट त काठमाडौं झरेकै ५ महिना भइसकेको रहेछ । अझ उद्योगमा सिमेन्ट उत्पादन भएर काठमाडौँ आउन कति समय लागेको थियो, त्यसबारे थाहासमेत छैन । उक्त डिलरमै सिमेन्ट पुस महिनामै झरिसकेको रहेछ ।

रानीबनमा पनि एक्सपायर सिमेन्ट

मनमैजुमा मात्रै होइन, काठमाडौँकै इचङ्गुनारायण नगरपालिकाको वडा नम्बर १ मा पर्ने रानीबनमा पनि मिति गुज्रिएकै सिमेन्ट आइपुग्यो । उनको पनि घरको तेस्रो ढलान गर्नु थियो । उनले पहिले नै पैसा दिएर सिमेन्ट बुक गरेका थिए । ती व्यक्तिले आफूले माग गरेको सिमेन्ट नै आइपुगेको थियो ।

उनको घरमा पनि अन्तिम समयमा मात्रै सिमेन्ट आइपुगेको थियो । घर ढलान गर्ने बिहान मात्रै उनको घरमा सिमेन्ट आइपुग्यो । आफूले भनेको कम्पनीकै सिमेन्ट आएको कारण उनले सिमेन्ट कस्तो छ भनेर वास्ता गरेनन् । उनको पनि घर ढलान भयो । करिब ६ घण्टामै घरको ढलान सकियो ।

त्यसपछि भोलिपल्ट पानी हाल्नमा लागि उनी ढलान भएको तेस्रो तलामा पुगे । उनको ढलानको समस्या पनि त्यस्तै थियो । ढलान भएको स्थानमो ठाउँठाउँमा चिरा परेको थियो भने छेउछेउको भाग आफै खस्न थालेको थियो ।

ढलान भएको स्थान करिब ४ घण्टामै बस्ने भएपनि ढलान सकिएको १८ घण्टामा पनि उनको ढलान बसेको थिएन । त्यसपछि ठेकेदारलाई बोलाएर ढलान देखाए ।

ठेकेदारले सबै वस्तुहरु मिलाएरै हालेको तर के भएर यस्तो भयो थाहा भएन भने । घरधनीले बाँकी रहेको सिमेन्ट हेरे । उनको सिमेन्ट पनि सानो सानो डल्लो पर्न थालिसकेको थियो । उनले सिमेन्टको मिति हेरे । सिमेन्टको बोरामा उत्पादन भएको मितिले ३ महिनाभित्र उपभोग गरिसक्नुपर्ने लेखेको भएपनि उत्पादन मिति भने लेखिएको थिएन ।


सिभिल इञ्जिनियर दीपक श्रेष्ठका अनुसार सिमेन्ट अलि लामो समयसम्म राख्नका लागि प्लाष्टिक कोटेड ब्यागमा प्याकिङ गरिएको हुनुपर्छ । यो भनेको सिमेन्टभित्र हावा वा पानी छिर्नु हुँदैन । हावामा पनि पानीको मात्रा हुने हुनाले ओसिलो स्थानमा पनि सिमेन्टलाई राख्नुहुँदैन । तर नेपालमा उत्पादन हुने अधिकांश सिमेन्टको बोरा प्लाष्टिक कोटेड छैन र यहाँ बिस्तारै हावासँगै हावामा रहेको पानी पनि छिर्न थाल्छ । जसका कारण सिमेन्ट बोराभित्रै रियाक्सन हुन थाल्छ र यसले बिस्तारै काम गर्न छाड्छ ।


उनले सिमेन्ट उपलब्ध गराउने डिलरलाई सिमेन्ट कहिले आएको भन्दा उनले करिब एक महिनाअगाडि आएको भनेर ढाँटे । पछि बुझ्दै जाँदा थाहा भयो, उक्त सिमेन्ट काठमाडौं आइपुगेकै ३ महिना भइसकेको रहेछ । काठमाडैं आइपुग्न लागेको समय आदि हेर्दा उक्त सिमेन्ट पनि डेट एक्सपायर भइसकेको सिमेन्ट रहेछ । पछि डिलर आफैले सिमेन्टको पैसा नलिने र लिक्युड (पानी नचुहियोस् भनेर प्रयोग गरिने वस्तु) हालिदिने तथा ५ वर्षसम्म लगातार घरको इन्सुरेन्स गरिदिने गरी सहमति गरे ।

यी दुई प्रतिनिधि उदाहरण मात्रै हुन् । अहिले काठमाडौं लगायत देशैभर उपलब्ध भएका अधिकांश सिमेन्टहरु मिति गुज्रिएका छन् । उत्पादन भएको मितिले ३ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने भएपनि लकडाउन भएकै २ महिनाभन्दा बढी भइसकेको र सिमेन्टहरु उत्पादन भएर विभिन्न स्थानमा पुग्नसमेत समय लाग्ने भएको कारण अधिकांश सिमेन्टको म्याद गुज्रिसकेको छ । अधिकांश सिमेन्ट उद्योगले उत्पादन मिति नै नराख्ने र कसै कसैले राखेपनि छिटो मेटिइहाल्ने गरी प्रिन्ट गर्ने भएकाले सबैजसो सिमेन्टमा उत्पादन मिति नै देखिँदैन । त्यसकारण पनि उपभोक्ताले सिमेन्टको उत्पादन मिति देख्न नै पाउँदैनन् र अधिकांश व्यक्तिलाई सिमेन्टको एक्सपायर डेटबारे जानकारी सम्म नै हुँदैन । जसका कारण बजारमा अहिले पनि डेट एक्सपायर सिमेन्टको बिगबिगी बढेको छ ।

यसरी बन्छ सिमेन्ट

अहिले व्यक्तिगत तथा व्यवसायिक घर निर्माण वा ढलानका लागि प्रयोग हुने सिमेन्ट भनेको ओपिसी सिमेन्ट नै हो । र नेपालमा मुख्यतः ५३ ग्रेडको ओपिसी सिमेन्टको प्रयोग हुन्छ ।

यस्तो ओपिसी सिमेन्ट निर्माणका लागि विभिन्न तत्त्वहरुको आवश्यकता पर्छ । सिमेन्टमा सबैभन्दा धेरै क्याल्सियम अक्साइडको मात्रा हुन्छ । यसलाई अङ्ग्रेजीमा लाइम भनिन्छ भने नेपाली नाम चुनढुङ्गा हो । ५३ ग्रेडको ओपिसी सिमेन्टमा क्याल्सियम अक्साइडको मात्रा ६० देखि ६७ प्रतिशतसम्म रहन्छ । सिमेन्टमा क्याल्सियम अक्साइडको मात्रा जति बढी भयो, त्यति नै रिजिडिटी बढी हुन्छ । जसले फलाम वा रडलाई राम्रोसँग समात्ने काम गर्छ ।

क्याल्सियमपछि सिमेन्टमा धेरै हुने तत्त्व भनेको सिलिका अर्थात् सिलिकन डाइ अक्साइड हो । ओपिसी सिमेन्टमा यसको मात्रा १७ देखि २५ प्रतिशतसम्म हुन्छ । सिलिकाले कंक्रिटलाई राम्रोसम्म समात्ने काम गर्छ ।

त्यसैगरी सिमेन्टमा अलुमिना ३ देखि ८ प्रतिशत, क्याल्सियम सल्फेट ३ देखि ४ प्रतिशत आइरन अक्साइड अर्थात् फलामको धूलो ३ देखि ४ प्रतिशत क्याग्नेसिया १ देखि ३ प्रतिशत, सल्फर १ देखि ३ प्रतिशत र अल्कालाइजको मात्रा १ देखि ३ प्रतिशत रहेको हुन्छ । जबक सिमेन्टमा पानी मिसाइन्छ, यी मध्ये कतिपय तत्वहरुले रियाक्सन गरेर बलियो बनाउँछन् भने कतिपय तत्वले पानीमा घुलि जमाउने काम गर्छ । समग्रमा सिमेन्ट भनेको बाइन्डर नै हो र यसले बालुवा,कंक्रिट र रडलाई समातेर बाँध्ने काम गर्छ र बलियो बन्छ ।

सिमेन्टको म्याद गुज्रिए के हुन्छ ?

सिमेन्टको आयु वा एक्सपायर डेट मुख्यतः यसमा प्रयोग भएको विभिन्न तत्त्वहरुको मात्रा, यो कस्तो बोरामा कसरी प्याकिङ गरिएको छ, कस्तो स्थानमा कसरी स्टोर गरिएको छ भन्ने कुरामा नै निर्भर गर्दछ । नेपालमा प्रयोग भएको सिमेन्टको बोराको गुणस्तर तथा स्टोरको अवस्था हेर्दा ३ महिना पनि धेरै हुने एक सिभिल इन्जिनियरको भनाइ छ ।


बजारमा म्याद गुज्रेको सिमेन्टको बिगबिगी भएको सम्बन्धमा के कस्तो गरिरहनु भएको छ भन्ने रातोपाटीको प्रश्नमा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबावु पुडासैनीले कर्मचारी अभावमा अनुगमन गर्न नसकिएको बताए । लकडाउनका कारण कर्मचारीहरुलाई कार्यालय आउन समस्या भएको र सरकारले पनि सार्वजनिक विदासरह मान्यता दिएको कारण कर्मचारीहरुले मोबाइलको स्वीच नै अफ गरेर बसिदिने गरेको पुडासैनीको गुनासो छ ।


सिभिल इञ्जिनियर दीपक श्रेष्ठका अनुसार सिमेन्ट अलि लामो समयसम्म राख्नका लागि प्लाष्टिक कोटेड ब्यागमा प्याकिङ गरिएको हुनुपर्छ । यो भनेको सिमेन्टभित्र हावा वा पानी छिर्नु हुँदैन । हावामा पनि पानीको मात्रा हुने हुनाले ओसिलो स्थानमा पनि सिमेन्टलाई राख्नुहुँदैन । तर नेपालमा उत्पादन हुने अधिकांश सिमेन्टको बोरा प्लाष्टिक कोटेड छैन र यहाँ बिस्तारै हावासँगै हावामा रहेको पानी पनि छिर्न थाल्छ । जसका कारण सिमेन्ट बोराभित्रै रियाक्सन हुन थाल्छ र यसले बिस्तारै काम गर्न छाड्छ । सिमेन्ट जति छिटो प्रयोग गरियो त्यति नै राम्रो भएको श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘जबजब सिमेन्ट पुरानो हुँदै जान्छ, त्यहाँ हावा, पानी आदि छिर्न थाल्छ । कतिपय केमिकलहरु तातो वा चिसोले बिग्रने र उड्ने पनि हुन्छ । जसका कारण सिमेन्ट ३ महिनाभन्दा बढी भएपछि प्रयोग नगरेकै राम्रो हुन्छ । यस्तो सिमेन्टको स्ट्रेन्थ पुग्दैन र संरचना कमजोर बन्न थाल्छ ।’

डेट एक्सपायर सिमेन्टको कारण संरचना नै भत्कन सक्छ

सिमेन्ट जति नयाँ भयो त्यति नै राम्रो हो । नयाँ सिमेन्टको पकडशक्ति बढी हुन्छ र यसले फलाम अर्थात् रड, बालुवा र गिट्टीलाई राम्रोसँग समात्न सक्छ । तर जबजब सिमेन्ट पुरानो हुँदै गयो, तबतब यसको पकडशक्तिमा ह्रास आउँदै जान्छ । इञ्जिनियर दीपक श्रेष्ठका अनुसार भर्खर उत्पादन भएको सिमेन्टको स्ट्रेन्थ (पकडशक्ति) ९८ प्रतिशतसम्म रहन्छ । तर जब सिमेन्ट उत्पादन भएको मितिले ९० दिन पुग्छ, यसको क्षमता करिब ६० प्रतिशतमा झर्छ । अझ तापक्रम नमिलाएको वा ओसिलो ठाउँमा राखेको सिमेन्टको पकडशक्ति र १०–१५ प्रतिशतमै झरिसकेको समेत हुन्छ ।

जब सिमेन्टको म्याद गुज्रन्छ र पकडशक्तिमा कमी आउँछ, त्यसपछि त्यो सिमेन्टबाट बनेको संरचना नै कमजोर बन्छ । त्यस्तो संरचनाहरु थर्कने तथा सानो भूकम्पले पनि भत्काउन सक्ने जोखिम हुन्छ । कतिपय अवस्थामा फलाम, बालुवा र गिट्टीलाई राम्रोसम्म समात्न नसक्दा संरचना बन्दै गरेको अवस्थामा पनि भत्कनसमेत सक्नेछ । बन्दै गरेको संरचना भत्कनुको मुख्य कारण सिमेन्टको गुणस्तर नहुने नै रहेको श्रेष्ठको भनाई छ ।

कर्मचारी अभावले अनुगमन गर्न पाएनौँ : विश्वबावु पुडासैनी, महानिर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभाग

बजारमा म्याद गुज्रेको सिमेन्टको बिगबिगी भएको सम्बन्धमा के कस्तो गरिरहनु भएको छ भन्ने रातोपाटीको प्रश्नमा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबावु पुडासैनीले कर्मचारी अभावमा अनुगमन गर्न नसकिएको बताए । लकडाउनका कारण कर्मचारीहरुलाई कार्यालय आउन समस्या भएको र सरकारले पनि सार्वजनिक विदासरह मान्यता दिएको कारण कर्मचारीहरुले मोबाइलको स्वीच नै अफ गरेर बसिदिने गरेको पुडासैनीको गुनासो छ ।

उनले भने, ‘अहिले सिमेन्टमा समस्या आएको कुरा मैले पनि सुनेको छु । नयाँ उत्पादन नभएको र पुरानो सिमेन्टनै बिक्री वितरण भइरहेको भन्ने जानकारी र गुनासो तथा उजुरीहरु आएका छन् । हामीले पनि कतिपय सिमेन्टको ल्याब परीक्षण गरिरहेका छौँ । तर पनि दिउँसो पसल नै नखोल्ने र रातिराति सिमेन्ट बिक्री गर्ने गरेको जानकारी आएको छ । त्यस्ता सिमेन्टको म्याद गुज्रिएको जानकारी आएको छ । हामी आम सर्वसाधरणलाई पनि त्यस्तो सिमेन्ट त्रिवी वितरण भएमा उजुरी गर्न आग्रह गर्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप