केन्द्रीय संस्करण

भारतका प्रभावशाली नेताको आरोप, ९० प्रतिशत भारतविरोधी गतिविधि नेपालबाटै

person explore access_timeजेठ १८, २०७७ chat_bubble_outline0

भारतका पूर्वमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली नेता सुव्रमनियन स्वामीले नेपालबारे विवादास्पद टिप्पणी गरेका छन् । 

उनले पाकिस्तानी गुप्तचर संस्था आईएसआईले ९० प्रतिशत भारतविरोधी गतिविधि नेपाल– भारत सीमाबाट गर्ने गरेको आरोप लगाएका हुन् । 

भारतले आफ्नो देशमा हुने अधिकांश आतंकवादका घटनामा पाकिस्तान संलग्न रहेको आरोप लगाउने गर्छ । यस्तोमा पाकिस्तानी गुप्तचर संस्थाद्धारा सञ्चालित भनिएको ९० प्रतिशत भारतविरोधी गतिविधि नेपालबाटै हुने गरेको आरोप निकै गम्भीर हो । 

नेपालबारे यस्तो गम्भीर निशाना साँधेर ट्वीटरमा सुव्रमनियनले लेखेका छन्, ‘जब नेपाल– भारत सम्बन्ध बिग्रन्छ तब पाकिस्तानको आईएसआईले खुसीयाली मनाउँछ किनकी उसले आफ्नो ९० प्रतिशत भारत विरोधी गतिविधि नेपाल–भारत सीमा हुँदै अवैध रुपमा सञ्चालन गर्छ ।’

 

गत वर्ष विश्व हिन्दू महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका बेला उनले नेपालमा हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने बताएका थिए ।

यसको जवाफ दिदैं नेपाली प्रयोगकर्ता मुकुन्द रेग्मीले लेखेका छन्, ‘ यदि भारतमा आतंककारी गतिविधि नेपालबाट सञ्चालन हुन्छ भने मोदी जीले किन हामीबीचका यस्ता धेरै समस्या समाधान गर्नसक्ने इजिपी रिपोर्ट मोदीजीले बुझेका छैनन् । किन मोदी जीले यसलाई अस्विकार गरेका छन् ? तपाई बिजेपीभित्र प्रभावशाली पात्र हुनुहुन्छ, किन तपाई आफ्नो सरकारलाई सिमा व्यवस्थापन गर्न सहमत गराउनुहुन्न ?’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.