केन्द्रीय संस्करण
समाचार

संसदमा संविधान संशोधन विधेयक पेस

person explore access_timeजेठ १८, २०७७ chat_bubble_outline0

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । 

आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन् । संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन । 

संशोधन विधेयक पस्तुत गर्दै मन्त्री तुम्बाङ्फेले भनिन्–‘नेपालको संविधानको धारा ९ को उपधारा २ मा नेपालको निशान छाप अनुसूची ३ मा उल्लेख भएबमोजिक व्यवस्था भएको बमोजिक नेपाल सरकारले हालै जारी गरेको राजनीतिक तथा प्रशासनीक नक्सा स्वीकृत गरी नेपालको बास्तविक सीमा अनुरुपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसुची ३ को निशान छापभित्र अंकित नेपालको नक्सा नेपालको बास्तविक सीमा अनुरुप मिलाउनुपर्ने भएकोले अनुसूची ३ मा संशोधन गर्नुपर्ने यो विधेयक पेस गर्दछु ।’

यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न खोजेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेका थिए । 

शनिवार बसेको कांग्रेस केन्द्रीय समितिले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको पक्षमा रहने निर्णय गर्दै आफ्ना सांसदहरुलाई पनि सोही अनुसार निर्देशन दिइसकेको छ। 

सरकारले भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूची ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न लागिएको हो । संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ । 
संशोधन विधेयकमा काँग्रेसको समेत समर्थन रहेपछि पारित हुने निश्चित जस्तै छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.