बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो थिइन् कस्ती भइन्ः हेर्नुहोस् सारा अली खानको यो भिडियो जसमा देखिन्छ उनको ‘फ्याट टु फिट’ को यात्रा

आइतबार, १८ जेठ २०७७, ११ : ३७
आइतबार, १८ जेठ २०७७

बलिउड नायिका सारा अली खानको फिटनेस बारे त तपाईं जानकार हुनुहुन्छ । सोसल मिडियामा धेरैजसो उनको बोल्ड तस्बिर भाइरल हुने गर्छन् । साथै उनले आफ्नो वर्कआउट भिडियो पनि सेयर गरिरहन्छिन् । सारा पहिलेको तुलनामा निकै फेरिएकी छिन् । साराले हालै एउटा भिडियो सेयर गरेकी छिन् जसमा उनको शरीरको परिवर्तन निकै राम्रोसँग देख्न सकिन्छ ।

यो भिडियोमा साराका पुराना तस्बिर पनि देख्न सकिन्छ भने उनको वर्कआउटको भिडियो पनि राखिएको छ । यसमा साराले आफ्नो पूरा शरीरलाई कसरी परिवतर्न गरिन् भनेर देखाइएको छ । उनले यो भिडियोको क्याप्सनमा लेखेकी छिन् ‘साराको सारा’ बाट ‘साराको आधा’ ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Episode 2: From Sara ka Sara to Sara ka aadha 🎃

A post shared by Sara Ali Khan (@saraalikhan95) on

साथै उनले लेखेकी छिन्, ‘नमस्ते दर्शक लकडाउन एडिशन एपिसोड–२ । ’

यो भिडियो साराको पुरानो तस्बिरसहित सुरु हुन्छ र त्यसपछि सारा अली खान वर्कआउट गरिरहेको देख्न सकिन्छ । त्यसपछि उनका नयाँ तस्बिर आउँछन् जसमा उनको शरीरमा निकै परिवर्तन आइरहेको देख्न सकिन्छ । यो भिडियोलाई मानिसहरुले निकै रुचाइरहेका छन् र आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप