शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेल्जियमका राजकुमार कोरोनाद्वारा संक्रमित, स्पेनको एक पार्टीमा समावेश भएपछि देखियो हल्का लक्षण

आइतबार, १८ जेठ २०७७, १२ : २७
आइतबार, १८ जेठ २०७७

बेल्जियमका २८ वर्षे राजकुमार जोआकिम कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । राजदरबारको जानकारी अनुसार राजकुमार २७ मेमा इन्टर्नशिपका लागि स्पेन गएका थिए । त्यसको दुई दिनपछि उनी एक पार्टीमा समावेश भएका थिए र त्यसपछि उनलाई हल्का लक्षण देखिएको जानकारीमा उल्लेख छ ।

राजकुमार जोआकिम बेल्जियमका राजा फिलिपका भतिजा हुन् । उनी स्पेनको कोर्डोबा शहरमा आयोजित पार्टीमा समावेश २७ जनामध्ये एक थिए । स्पेनमा लकडाउन जारी छ । लकडाउन नियम अन्तर्गत त्यहाँ १५ जना बढी एकैठाउँ जम्मा हुन प्रतिबन्ध लगाइएको छ । तर यति हुँदा हुँदै पनि पार्टीको आयोजना गरियो । हाल उक्त पार्टीमा समावेश सबै व्यक्ति क्वारेन्टिनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप