मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

करिश्मा लेख्छिन्– ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम’

आइतबार, १८ जेठ २०७७, १२ : ५७
आइतबार, १८ जेठ २०७७

काठमाडौं । सदाबहार सुन्दरी अभिनेत्री करिस्मा मानन्धरले डररहित भएर जिउन सुझाएकी छन् । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनमा घरभित्रै सिमित रहेकी करिश्माले सामाजिक सञ्जालमार्फत सबैमा सो कुरो बताएकी छन् ।

उनले लेखेकी छन्, ‘डरै डरमा वर्षौ जिउनुभन्दा डररहित निश्चिन्त भएर एक दिन बाँच्नु धेरै उत्तम ।’ कोरोनाको कहरका कारण डरमा रहेकाहरुको मनोबल बढाउन उनले यो कुरा लेखेकी हुन् । मानिसको मनमा जब डरले डेरा स्थान पाउँछ, तव आत्मबल कमजोर हुन्छ भन्ने कुरो राम्ररी बुझेकी करिश्माले यहि कुरालाई मध्यनजर गरेर डररहित भएर बाँच्न सुझाएकी हुन् । उनको यो बिचारलाई धेरैले राम्रो भन्दै प्रतिक्रिया दिएका छन् ।

फिल्म निर्माण र अभिनयमा ब्यस्त रहेकी करिश्मा कलेज विद्यार्थी पनि हुन् । लकडाउनले फिल्म क्षेत्र मात्र होइन अध्ययन समेत प्रभावित भएकोमा उनी चिन्तित छन् ।  बेलाबेलामा सामाजिक कार्यमा समेत अग्रसर उनले केही दिन पहिले लकडाउनका कारण पीडित बनेका केही मजदुरहरुका राहत समेत वितरण गरेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप