शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी रहेनन्

आइतबार, १८ जेठ २०७७, १३ : २०
आइतबार, १८ जेठ २०७७

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ ।

आइतबार बिहान साढे ११ बजे ललितपुर बागडोलस्थित  निवासमा उनको निधन भएको कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले रातोपाटीलाई जानकारी दिए ।

उनको आजै पशुपती स्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने खड्काले बताए ।

फिल्म ‘जीवन रेखा’ बाट अभिनय सुरुवात गरेका कलाकार ठकुरी प्यारालाइसिसका कारण लामो समय देखि घरमा थलिएका थिए । सुगर, प्रेसर राेगबाट समेत पिडित उनले फिल्मसँगै थुप्रै टेलिसिरियल र म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । उनी पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ मा नदेखिएका थिए । ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै फिल्ममा चरित्र अभिनेताको भूमिका निर्वाह गरेका चन्दले भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी एक फिल्ममा समेत अभिनय गरेका थिए ।

चन्दकी एक छोरी र श्रीमती छन् ।

उनको निधनबारे निर्देशक दिपाश्री निरौलाले पनि फेसबुकमार्फत् जानकारी दिएकी छिन् । 

बरिष्ठ कलाकार जयनन्द चन्द ठकुरी बुवा हामी बिच रहनु भएन, वहाको शब अहिले पशुपति आर्यघाट लगिदै बुवा प्रती हार्दिक श्रद्धाञ्जली 🌼

Posted by Deepa Shree Niraula on Sunday, 31 May 2020

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप