शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतका पूर्वमन्त्रीको प्रश्न– नेपालले नक्सा निकाल्यो, चीनले भू–भाग मिच्यो, मोदी केको खुसी मनाउँदैछन् ?

आइतबार, १८ जेठ २०७७, १३ : ४०
आइतबार, १८ जेठ २०७७

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको सपथ लिएको एक वर्ष पूरा भएको छ । गतवर्ष लोकसभा निर्वाचनबाट दोस्रो कार्यकालका लागि बहुमतका साथ चुनिएका मोदीले ३० मेइमा दोस्रो कार्यकालको सपथ लिएका थिए । भारतीय जनता पार्टीका कार्यकर्ताहरुले मोदीको दोस्रो कार्यकाल एक वर्ष पुगेका अवसरमा खुसीयाली मनाइरहेका बेला कँग्रेस आईका राष्ट्रिय प्रवक्ता मनिष तिवारीले सरकारमाथि प्रश्न गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् – 
‘कोभिड–१९ संक्रमण १ लाख ८१ हजार २७३, विश्वमै छैटौं उच्च र ८० जना श्रमिक स्पेशल(ट्रेन) मा मारिए, चीनले लद्दाखमा ४० देखि ६० किलोमिटर भूमि मिच्यो, नेपालले नयाँ नक्सा जारी ग¥यो, जसले भारतको भौगोलिक स्वाभिमानमा नकारात्मक असर गरेको छ । अर्थतन्त्र खुट्टा बिना नै चलिरहेको छ । एनडिएन र बिजेपी के को खुसी मनाउँदैछन् ?’

श्री आनन्दपूरक साहिबबाट सांसद् रहेका मनिष भारतका पूर्व सूचना तथा प्रशारण मन्त्री समेत हुन् । उनले दाबी गरेजस्ता भारत कोरोना संक्रमित देशमध्ये छैटौं स्थानमा भने होइन । कूल संक्रमितको हिसाब गर्दा भारत अति प्रभावित देशको नवौं स्थानमा आउँछ । सक्रिय संक्रमणलाई (मृतक र निको भइसकेका छाडेर अहिले कायम) आधार मान्न हो भने अमेरिका, ब्राजिल, रसिया र फ्रान्सपछि पाँचौ नम्बरमै भारतको नाम आउँछ । 

भारतमा कोभिड–१९ सुरु हुनअघि नै अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको थियो । अहिले महामारीका कारण देश ठूलो संकटमा छ । यहाँ, संक्रमण फैलने दर अति तिव्र छ र देशभर लकडाउन हुनका बाबजुद अहिलेसम्म ५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप