बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुकुम पश्चिम घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइन्छः गृहमन्त्री थापा

आइतबार, १८ जेठ २०७७, १७ : ५४
आइतबार, १८ जेठ २०७७

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले रुकुम पश्चिमको घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याइने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । आज गृह मन्त्रालयमा रुकुम पश्चिमको  घटनाको छानबिन गर्नुपर्ने माग गर्दै सांसद, दलित सम्बन्ध संघ–संस्थाका प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाका दोषीलाई कानुनी कठघारामा ल्याउन र कडाभन्दा कडा कारवाही गर्न गृहमन्त्रालय प्रतिबद्ध रहेको भन्दै शंका नगर्न आग्रह गरे । उनले घटनाको सम्बन्धमा गृहमन्त्रालयले गठन गरेको छानबिन समिति घटनास्थलमा पुगि छानबिन सुरु गरिसकेको जानकारी दिँदै  समितिले सत्यतथ्य जानकारी ल्याउने विश्वास व्यक्त गरे ।

उनले छानबिन समितिलाई कसैले प्रश्न उठाउन नसक्नेगरि काम गर्न सचेत गराईएको समेत जानकारी दिए । उनले घटनाका आरोपीहरुलाई पक्राउ गरिसकिएको तथा थप व्यक्तिहरुको  समेत खोजि कार्य जारी रहेको बताए । सो घटनाको सम्बन्धमा स्थानीय प्रहरीले पनि छानबिन गरिरहेको र  केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) को समेत छुट्टै टिम छानबिनका लागि पठाउनेकि भन्नेबारे  छलफल भइरहेको  प्रतिनिधि मण्डललाई जानकारी गराए । घटनाका सम्बन्धमा हिँजो बसेको क्याबिनेटमा समेत छलफल भएको जानकारी दिँदै जातीय उत्पिडनको अन्त्य गर्न र यस्ता घटनामा संलग्नलाई कडा कारवाही गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रीले स्पस्ट पारे । उनले जातिय उत्पीडनको अन्त्यका लागि आ-आफ्नो ठाउँबाट  भूमिका खेल्न प्रतिनिधिमण्डलका सदस्यहरुलाई  समेत आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप