शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि रोकिएन बलात्कार : प्रदेश ५ मा मात्र ६४ जनाले गराए मुद्दा दर्ता

आइतबार, १८ जेठ २०७७, १८ : ४०
आइतबार, १८ जेठ २०७७

 बुटवल। लकडाउन सुरु भएको चैत्र ११ गतेदेखि  जेठ १७ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ६०  जना भन्दा बढी महिलामाथि बलात्कार घटना घटेका छन् । 

सय जना भन्दा बढी मानिसहरुले आत्मा हत्या गरेका छन् । प्रदेश  प्रहरी कार्यालय दाङ्घ तुल्सीपुरका प्रवक्ता प्रहरी  वरिष्ठ  उपरिक्षक (एसएसपी)  राजकुमार वैदवारका अनुसार यस अवधिमा  जवरजस्ती करणी उद्योग  १० सहित   ६४ जना महिलाले बलात्कार सम्वन्धि मुद्दा दर्ता गराएका हुन्।

त्यस्तै १ सय २० जना मानिसहरुले आत्माहत्या गरेका छन् । यस अवधिमा ७ जना व्यक्ति हत्या भएको छ । यौनदुराचार सम्वन्धि ९ वटा मुद्धा परेका छन् । ज्यान मार्ने उद्योगको एउटा मुद्दा र घरेलु हिंसा ६४  स्थानमा  भएका छन ।


बहुविवाह ३ र वालबिबाहका दुई वटा मुद्दा परेका छन् ।  प्रहरी वरिष्ठ  उपरिक्षक  वैदवारले सरकारले घोषणा गरेको  लकडाउन सफल पार्न र सामाजिक दुरी कार्यम गराउँदै केभिड १९ अर्थात कोरोना संक्रमण विरुद्ध जनचेना फैलाउन प्रदेश मातहतका सबै प्रहरीहरु  संगठन सक्रिय रहेको  बताए  । 

प्रहरी प्रदेश कार्यालय श्रोतका अनुसार पाल्पा , रुकुम , रोल्पामा बलात्कार घटना न्युन रहेका छन् । रुपन्देही, कपिलवस्तु , बाँके र दाङ्घमा बलात्कार घटनामा वृद्धि भएको हो ।

पछिल्लो चरण रुपन्देहीको देवदह नगरपालिकामा एउटी १३ वर्षीया दलित किशोरी बलात्कारपछि हत्या गरिएको  थियो।

परिवारजनले आरोपित पुरुष र उनका परिवारका थप दुई जनालाई पक्राउ परेर अनुसन्धान थालेको छ । बलात्कृत हुनेमा ६ वर्षीया बालिका देखि ६० वर्षीया वृद्ध समेत रहेका छन् ।

गुल्मीमा एउटी १३ वर्षीया दलित बालिका (जेठो बुवाको छोरा) दाजुले बलात्कार गरेको भन्र्दै रुँदै हिडेकी छन् । प्रदेश प्रहरी कार्यालयको विवरण पुग्न बाँकी आइतबार साँझ भारतबाट घर आउन कै दिन गुल्मीमा क्वारेन्टाइन मै रहेको बेला एक जनाले आत्माहत्या गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप