बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देवदह हत्या प्रकरणमा छानबिन गर्न निर्देशन

आइतबार, १८ जेठ २०७७, १९ : ४०
आइतबार, १८ जेठ २०७७

रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका १३ वर्षीया अंगिरा पासी र परिवारलाई न्याय दिलाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 


 नेपाल दलित मुक्ति संगठनले आज प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।  

मुख्यमन्त्री पोखरेलले रुकुम र रुपन्देहीको देवदहमा भएका मृत्युका सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाउँदै देवदह घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको जानकारी गराए ।

तत्कालीन संविधानसभा सदस्य विनोद पहाडीले बन्दाबन्दीका समयमा मात्रै ३२  जातीय छुवाछुतका घटना भएकाले यस्तो  कामको अन्त्यका लागि सरकारले ठोस कदम चाल्नुपर्ने बताउए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप