बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

आइतबार, १८ जेठ २०७७, २० : १०
आइतबार, १८ जेठ २०७७

कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई सुरक्षित रुपमा राख्ने, परीक्षण गराउने र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाको भयावह अवस्थामा पुगेको बर्ताए । 

कर्णाली प्रदेशसभाको आजको बैठकमा उनले भारतबाट भित्रिएका नागरिकका कारण कोरोना फैलिएको जनाए ।

भारतबाट आएका नागरिकहरुको लगत सङ्कलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गर्न आग्रह गर्दै उनले भने, “कोरोना प्रतिकार्यमा हामीले सरकारलाई आवश्यक सहयोग दिन्छौँ भन्दै आए पनि सरकारले बेवास्ता ग¥यो ।”

सुर्खेत, दैलेख, सल्यान र कालीकोटमा एक हप्ताभित्रै १२३ जना कोरोना सङ्क्रमित भेटिनुले कर्णालीका अन्य जिल्ला पनि अछुतो नरहने भन्दै उनले यहाँका नागरिकको जीवन सुरक्षार्थ सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य कुर्मराज शाहीले भारतका कारण नेपाल तथा कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमण फैलिएको आरोप लगाए ।

उनले भने, “कर्णालीमा पछिल्लो समयमा भारतले बस्न नदिएर नेपाल आउन बाध्य पारिएका नागरिकहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप