सेल पे प्रयोगकर्ताले पठाएको रकम आई पे रेमिटका ७ हजार ५ सय काउन्टरबाट प्राप्त गर्न सकिने
काठमाडौं– आई पे रेमिट र सेल पे बीच विप्रेषण कारोबार सम्झौता भएको छ । आई पे रेमिटका तर्फबाट कार्यकारी निर्देशक ईन्द्र प्रसाद शर्मा र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अब उप्रान्त सेल पे प्रयोगकर्ताहरुले डिजिटल माध्यमद्वारा आन्तरिक विप्रेषण गरी पठाएको रकम नेपालभर छरिएर रहेका ७५०० भन्दा बढी आई पे रेमिटका भुक्तानी काउन्टरबाट सजिलै प्राप्त गर्न सक्नेछन् । यसका लागी वालेटको आवश्यकता नपर्ने र विप्रेषण वापतको रकम सेल पेमा आवद्घ भएका बैंक खाताबाट स्वत/डेबिट हुनेछ ।
आई पे रेमिटले विगतदेखि विश्वका विभिन्न मुलुकबाट विप्रेषण रकम नेपाल भित्राईरहेको छ । साथै, विदेशबाट नेपालमा रहेका बैंक तथा वित्तीय संस्थामा रियल टाईम बैंक एकाउन्ट डिपोजिटको व्यवस्था पनि गरेको छ ।
अहिलेको विषम परिस्थिति (कोभिड–१९) मा पनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै रियल टाईम एकाउन्ट डिपोजिट र विभिन्न वालेट कम्पनीहरुसँग सहकार्य गरी कारोबार गरिरहेको कुरा आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना