केन्द्रीय संस्करण

स्पेनी प्रधानमन्त्री सान्चेज लकडाउनको समय थप गर्न संसदको अनुमति पर्खंदै

person explore access_timeजेठ १८, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । स्पेनी प्रधानमन्त्री पेद्रो साञ्चेजले स्पेनमा अन्तिम पटक थप अन्तिम दुई साताका लागि बन्दाबज्दीको समय बढाउनका लागि संसदको अनुमति माग्नुभएको आइतबार सरकारी अधिकारीले जानकारी गराएका छन् ।

उनले स्पेनमा कोरोनाभाइरसको सङ्क्रमण तुलनात्मक रूपमा पहिलेभन्दा कम भउको भए पनि अझै पूर्ण नियन्त्रणमा आइ नसकेको भन्दै आगामी जुन २१ गतेसम्म बन्दाबन्दी (लकडाउन) लाई बढाउने सोचका साथ अघि बढेका हुन् ।

स्पेनमा जुन ७ मा लकडाउनको अवधि सकिँदैछ । समाजवादी विचार राख्ने प्रधानमन्त्री साञ्चेजले आइतबार एक पत्रकार सम्मेलनमा आफुले लकडाउनको अवधिलाई अन्तिम पटक दुई हप्ता बढाउन चाहेको बताएका छन् ।

उनले कोभिड–१९ का कारण निकै ग्रस्त बनेको स्पेनले कोरोना भाइरसविरूद्धको लडाईको उत्तराद्र्धतिर पुगेको भएपनि समस्या पूर्ण नियन्त्रणमा भने आइनसकेको बताएका छन् ।

स्पेनी जनताले अन्त्तः कोरोनाविरूद्धको लडाईमा  हजारौ नागरिकको ज्यान गएपनि सावधानीका कारण थप धेरै क्षति हुन नसकेको बताए । प्रधानमन्त्रीको प्रस्तावमाथि बुधबार संसदले निणैय दिने अपेक्ष गरिएको छ । संसदमा प्रधानमन्त्रीको गठबनधन अल्पमतमा रहेकोले अन्य दलबाट समर्थन नभएमा प्रस्ताव पास हुन सक्दैन । मध्यवादी सिउदादेअस पार्टीको समर्थन भएमा संसदमा प्रस्ताव पारित हुनेछ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.