केन्द्रीय संस्करण

राष्ट्रपति कार्यालयमा पूराना फालेर एक करोडको नयाँ गलैँचा राखिँदै

person explore access_timeजेठ १९, २०७७ chat_bubble_outline1

काठमाडौं – राष्ट्रपति कार्यालयमा पूराना गलैँचा फालेर नयाँ गलैँचा राख्न थालिएको छ ।

तीन वर्षअगाडि निर्माण गरिएको उक्त भवनमा दुईवटा ठूला हलका लागि करिब ३० ३० लाख पर्ने गलैँचा र अन्य कोठाहरुका लागि करिब ४० लाख पर्ने गलैँचा फेर्न लागिएको हो ।

राष्ट्रपति  कार्यालयको कोठाहरु भव्य बनाउने ठेक्का हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङलाई दिइएको छ ।

राष्ट्रपति कार्यालयले विदेशी पाहुना आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढाउन महँगो गलैँचा बिछ्याउन लागेको जनाएको छ ।

हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले नेपाली मौलिकता झल्कने गरी कोठाहरु सजाउन लागिएको बताइन् । 

कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. June 1, 2020, 11:10 a.m. Kailash Pradhan
    कोरोना भाइरस र असक्षम अर्थमन्त्रीको कारण देशको आर्थिक स्थिति नाजुक मोडमा सम्मानित राष्ट्रपतिज्युलाई फजुल खर्च नगर्न हार्दिक अनुरोध गर्दछु। म एक नेपाली जनतापनि दुई अार्थिक बर्ष कुनै पनि नयाँ पहिरण किन्ने देखि भोजभतेर नगर्ने संकल्प गर्दछु। एक करोड रुपैयाँले यो अाहतको समयमा कति नेपाली भोकमरीबाट बच्छ सोचौं ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.