बाढीले बगाउँदा २ मजदुर बेपत्ता
सोमबार, १९ जेठ २०७७, १४ : ०५
डोटी । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् । कैलालीको चुरे गाउँपालिका–१ मिलनपुर नजिकै पातली खोलाको किनारमा पाल टाँगेर बसेका सहजपुर बोगटान सडक खण्डमा काम गर्ने दुई जना मजदुरलाई गएराति बाढीले बगाउँदा बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार बाढीले बगाएर बेपत्ता हुनेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ का ४५ वर्षीय कमल थापा र सोही नगरपालिकाका २४ वर्षीय गोपाल कामी रहेका छन् । दुबै जनाको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय फल्टुडेबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी