संविधान संशोधन विधेयक दर्ता गराउन जसपा नेपाल पुग्यो संसद सचिवालय
जनता समाजवादी पार्टी (जसपा) संविधान संशोधनको छुट्टै प्रस्ताव दर्ताका लागि संसद सचिवालय पुगेको छ ।
सरकारले संसदमा नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संशोधनका लागि प्रस्ताव पेस गरेपछि जसपा नेपालले पनि विगतदेखि उठाउँदै आएको विभिन्न मागलाई समेटेर छुट्टै प्रस्ताव दर्ताका लागि संसद सचिवालय पुगेको हो ।
यसअघि तत्कालिन राजपा नेपालका नेताहरु मात्र विधेयक दर्ताका लागि सचिवालय पुगेका थिए । तर विधेयकको फर्म्याट नमिलेको र यो विधेयकको बारेमा सभामुख अग्नि सापकोटासँग छलफल गर्ने भनेर राजपा नेपालका नेताहरुलाई सचिवालयले फिर्ता पठाइए दिएको थियो ।
त्यसपछि तत्कालिन समाजवादी पार्टीले दुई पार्टी मिलेर जसपाकै तर्फबाट विधेयक दर्ता गराउने भनेपछि शनिवार पार्टीभित्र छलफल भएको थियो ।
जसपालेले भाषा, नागरिकता, प्रदेशको सीमांकन परिवर्तनलगायतका विषयमा संविधान संशोधन हुनुपर्ने माग गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ