बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहटको एउटै स्थानीय तहमा ८३ जना कोरोना संक्रमित

सोमबार, १९ जेठ २०७७, १४ : ३२
सोमबार, १९ जेठ २०७७

रौतहट । रौतहटको एउटै स्थानीय तहमा ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको छ । जिल्लाको १८ स्थानीय तहमा कूल संक्रमित २ सय १७ जना रहेकोमा राजपुर नगरपालिकामा मात्र ८३ जनामा कोरोना भाईरसको संक्रमित पुष्टि भएको हो । राजपुरका नगर स्वास्थ संयोजक रबिन्द्र झाले रातोपाटीसँग कुरा गर्दै संक्रमित सबैजना लकडाउनको अवधिमा भारतको विभिन्न सहरबाट आएको बताए  । संक्रमित मध्ये ७ जना गौरस्थित आईसोलेसनमा उपचार भैइरहेको र बाँकीको स्थानीय स्तरमै उपचार भैइरहेको बताए ।

हाल राजपुरस्थित प्राथमिक स्वास्थ केन्द्र र बैरिया मदर्सामा आईसोलेसन निर्माण गरि संक्रमितको उपचार भैरहेकोमा सबैको अवस्था सामान्य रहेको स्वास्थ संयोजक झाले जानकारी दिए । ३ दिनअघि एकजना ४२ वर्षीय संक्रमित चिनी रोगका बिरामी रहेको र उनको अवस्था राम्रो नभएकाले  उनलाई थप उपचारका लागो शुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइएको झाले जानकारी दिए । राजपुर नगरपालिका भारतीय सिमानासँग जोडिएकाले त्यहाँका अधिकाँश मानिस रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा रहदैं आएका छन् । भारत सरकारले स्पेसल ट्रेनमार्फत मजदुर लाई छोड्न थालेपछि हजारौं मानिस रौतहटका गाउँ फर्केका छन् ।

 राजपुर नगरक्षेत्र अन्तरगत २४ क्वारेन्टाइनमा हाल २ हजार७ सय २३ जना रहेका छन् । जनशक्तिको कमीले गर्दा २३ क्वारेन्टाइन र दुई आईसोलेसनमा नियमित सेवा दिन समस्या भैइरहेको संयोजक झाले गुनासो गरे । नगरमा मात्र ४५ जना जनशक्तिले २४ औं घण्टा सेवा दिन हम्मे हम्मे परेको उनको भनाई छ । बिहान बेलुकीको दुई सिफ्ट जसो तसो चलेको र रातीको सिफ्टमा ठुलो चुनौती रहेको उनको भनाइ छ ।

तीन हजार मानिसलाई बिहान बेलुकी खाना, नास्ताको ब्यवस्थापन पनि अर्को चुनौती थपिएको छ । संयोजक झाले आगामी चुनौतीको सामना गर्न जिल्लाको एकै स्थानमा कम्तीमा पाँचसय बेडको आईसोलेसन वार्ड र पिसिआर जाँच गर्ने मेसिन उपलब्ध गराउन स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह गरेका छन् ।

जिल्लाका १८ वटै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अहिले सात हजारको हाराहारीमा मानिसहरु बसिरहेका छन् । तीमध्ये अधिकांश भारतबाट आएका छन् । तीमध्ये १२ सयको मात्र पिसिआर रिपोर्ट आएकाले एउटा छुट्टै पिसिआर मेसिन जिल्लामा  राख्नु आवश्यक भएको उनको भनाई छ । अर्कोतर्फ संक्रमितको संख्यामा वृद्धि हुने प्रवल सम्भावना रहेको र डाक्टरको अभाव हुने पक्का भएकाले कम्तीमा ५ सय बेडको आईसोलेसन वार्ड एकै स्थानमा भएमा सहज हुने झाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप