शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनका क्रममा ५०० कर्मचारी हटाइए

सोमबार, १९ जेठ २०७७, १४ : ३३
सोमबार, १९ जेठ २०७७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) को परामर्शदाता कम्पनी मार्फत खटिएका झण्डै ५०० कर्मचारीलाई जिम्मेवारीमुक्त गराई तलब सुविधाबाट बन्चित गराइएको छ। 

प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) को इएचआरपी जाइका प्रोजेक्टको परामर्शदाता ओरेन्टल कन्सल्ट ग्लोबलको स्थानीय पार्टनर संस्था ट्रेनिङ्ग सेन्टर नेपाल प्रा.लि.मा कार्यरत करिब ४०० घुम्ति डकर्मी सहित ५००बढी विभिन्न तहमा कार्यरत कर्मचारीलाई जिम्मेवारीमुक्त गरिएको हाे  । 

 वैशाख ३ गतेबाट कामकाज नगर्न भनी प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले  निर्णय गरेको थियो । 

त्यसपछि रोजगारदाता संस्था ट्रेनिङ्ग सेन्टर नेपाल प्रा.लि.ले आफ्ना कर्मचारीलाई आधिकारिक जानकारीविना, कोरोना महामारी र लकडाउनको बीचमा बैशाखदेखि तलवसुविधाबाट बन्चित गराएको पीडितमध्येका एक ईन्जिनियर राजन थापाले बताए । 

२०७७ वैशाख १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार कुनै सरकारी कार्यालय, निकाय वा उद्योगमा कार्यरत कर्मचारी वा श्रमिकलाई सार्वजनिक विदा कायम गरी तलव भत्ता उपलब्ध गराउन आदेश दिइसकेको अवस्थामा उक्त सरकारी निर्णयको परामर्शदाता कम्पनीले अवहेलना गरेकाे थापाले बताए । 

उनका अनुसार हाल ८ जना माथिल्लो तहका कर्मचारीहरूलाई मात्रै कामकाजमा खटाइएको छ । 

कम्पनीको निर्णय न्याय संगत नदेखिएको हुदाँ उक्त कुराको जानकारी नेपाल इन्जिनियर्स एशोसिएसन मार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई   बैशाख १७ गते गराइएपनि उक्त कुराको सम्बोधन अझै हुन नसकेको अर्का पीडित तथा ईन्जिनियर शरद पण्डितले बताए । 

उनीहरुले लकडाउनको अवधिलाई सार्वजानिक विदामा गणना गरी पारिश्रमिक भुक्तानी गर्न रामर्शदाता कम्पनीसङ्ग जोडदार माग  गरेका छन । त्यसका लागि दवाव दिन पीडितहरुले संघर्ष समिति नै बनाएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप