शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

थप २५ जना कोरोना निको भएर घर फर्किए

सोमबार, १९ जेठ २०७७, १४ : ५७
सोमबार, १९ जेठ २०७७

बुटवल । भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २५ जना कोरोना संक्रमित निको भएर आज डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५, गैडहवा गाउँपालिकाका १०, सिद्धार्थनगर नगरपालिकाका १, कपिलवस्तु जिल्लाका ५, नवलपरासीका ३ र भारतका १ जना रहेका छन् ।

डिस्चार्ज भएकालाई प्रदेश ५ सरकारको सामाजिक विकासमन्त्री सुर्दशन बराल, प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मासहित अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा ओढाएर तथा पुष्पगुच्छा दिएर विदाइ गरे ।

अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार निको भएर डिस्चार्ज हुनेहरु ४ वर्षदेखि ५० वर्ष उमेरका छन् । उनीहरुको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ भएपछि डिस्चार्ज गरिएको हो ।

लेभल वान कोभिड–१९ को रुपमा रहेको भीम अस्पतालको आइसोलेशन कक्षमा ५ वटा आइसीयू र २ वटा भेन्टीलेटरसहितको २७ बेड रहेका छन् । 

सो अवसरमा बोल्दै सामाजिक विकासमन्त्री बरालले कोरोना संक्रमित ब्रिामीलाई निको पार्न खट्ने अस्पतालका मेसु, अस्पताल प्रशासन, डाक्टर र नर्सलाई धन्यवाद दिए ।  प्रदेश ५ मा कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेकोले आइसोलेशन सेन्टरलाई विस्तार गर्ने काम भइरहेको पनि उनले बताए । उनले अधिकांश कोरोना संक्रमितहरु लक्षण बिनाको पाइएको पनि बताए ।

प्रदेश ५ मा ३५ हजार बढी नागरिकहरु क्वारेन्टिनमा रहेको मन्त्री बरालले जानकारी दिए । यसअघि आइतबार साँझ बुटवलको कोरोना अस्पतालबाट  पनि रुपन्देही र कपिलबस्तुका ४ जना डिस्चार्ज भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप