शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घर भत्किँदा चार घाइते, चट्याङले अस्पतालमा क्षति

सोमबार, १९ जेठ २०७७, १७ : ३३
सोमबार, १९ जेठ २०७७

सिरहा । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन् । वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी,  १४ वर्षीया छोरी, ११ र आठ वर्षीय दुई छोरा घाइते भएको  वडाध्यक्ष नागेश्वर गोइतले जानकारी दिए । चारैजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । 

ती परिवारलाई तत्काल बस्ने, खाने व्यवस्था मिलाउने कार्य भइरहेको उनले बताए । यस्तै वर्षासँगै आज परेको चट्याङ लागेर  लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा करिब १० लाखभन्दा बढीको क्षति भएको छ । 

अस्पतालको छतमा रहेको सिसी क्यामेरा र इन्टरनेट वाइफाइको राउटर जल्नाका साथै चार थान कम्प्युटर, इन्भटर तथा एक्सरे मेसिनमा क्षति पुगेको अस्पतालका मेसु डा.सुनिलकुमार कुशवाहाले जानकारी दिए । अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप