एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब दिने
काठमाडौं । एशियाली विकास बैंकले नेपाललाई ३० अर्ब रुपैंया सहयोग गर्ने भएको छ । एडीबीले नेपालमा कोभिड–१९ को रोकथाम तथा उपचारका लागि उक्त रकम सहयोग गर्न लागेको हो । सोमबार दिउँसो अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थसचिव शिशिरकुमार ढुंगाना र एशियाली विकास बैंकका कन्ट्रि डाइरेक्टर मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।
अर्थसचिव ढुंगानाले एशियाली विकास बैंकले गरेको सहयोग नेपालको कोभिड–१९ को उपचार र राहतमा महत्वपूर्ण भएको भन्दै यसले यो रोगविरुद्धको लडाइँमा ठूलो सहयोग गर्ने बताए । त्यस्तै, एडीबीका कन्ट्रि डाइरेक्टर मुख्तोरले आपतकालीन अवस्थामा एशियाली बिकास बैंक सरकारलाई जस्तोसुकै सहयोग गर्न समेत तयार भएको बताए ।
यो रकम एडीबीले सरकारलाई बजेटरी सपोर्टको रुपमा उपलब्ध गराएको हो । यसलाई जनस्वास्थ्यलाई सुधार गर्ने, परीक्षण ल्याब तथा क्वारेन्टाइनको निर्माण र व्यवस्थापन तथा कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसम्बन्धी अन्य जुनसुकै खर्चका लागि प्रयोग गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन