मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीसँगको तस्विरका साथ कपिलले लेखे ‘स्टे होम’

सोमबार, १९ जेठ २०७७, १७ : ५२
सोमबार, १९ जेठ २०७७

मुम्बई । कोरोनाको कारण फिल्म तथा सिरियलको सुटिङ रोकिएको छ । यो समय स्टारहरु परिवारसँग समय बिताइरहेका छन् । प्रायः सुटिङमा व्यस्त रहने कमेडियन कपिल शर्मामा पनि यो लकडाउनको समय छोरी अनायरासँग समय बिताइरहेका छन् । 

हालै कपिलको छोरीसँगको केही तस्बिर बाहिर आएको छ । जसमा अनायराका साथ कपिल रमाइरहेको देख्न सकिन्छ, भने कपिलले हातमा एक किताव पनि लिएका छन् । 

केही तस्बिरमा अनायरा एक्लै पनि देख्न सकिन्छ । तस्बिरका साथ स्टे होमको म्यासेज पनि लेखिएको छ । तस्बिरमा अनायर निकै क्युट समेत देखिएकी छन् । फ्यानले यी तस्बिरहरु रुचाएका छन् । 

कपिलकी श्रीमती गिन्नीले गत १० डिसेम्बरमा अनायराको जन्म दिएको थिइन् । कपिल पछिल्लो समय धेरै जसो छोरीको साथको तस्बिर सार्वजनिक गर्ने गर्दछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप