शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा थप एक जना कोरोना पुष्टि, संक्रमितको संख्या ५ पुग्यो

सोमबार, १९ जेठ २०७७, १९ : ५७
सोमबार, १९ जेठ २०७७

गुल्मीमा सोमबार थप एक जना कोरोना संक्रमित फेला परेका छन् । जिल्लाको रेसु नगरापलिका वडा नम्वर १० का २६ बर्षीय पुरुष्माा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले  जानकारी दिए ।

सिमीचौर घर भएका ती पुरुष भारतबाट घर आई  तम्घासको महेन्द्र नमुना माविको क्वारेन्टिनमा जेठ १० गते देखि बस्दै आएका थिए । उनको स्वाब  संकलन जेठ १७ गते गरिएकोे र आज जेठ १९  गते  उनको रिर्पोट पोजिटिभ आएको डाक्टर शर्माले बताए । 

योसहित गुल्मीमा हाल सम्म ५ जनामा कोरोना संक्रमण भेटिएको छ ।  ती मध्ये एक जनाको मृत्यु भएको छ । एक जना आजै कोरोनालाई जितेर घर फर्किएका छन ।

 तीन जनाको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएकोछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप