क्वारेन्टिनमा पनि जातिय विभेद
गुल्मी । पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद गरिएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ३ रामकोटमा रहेको आलमदेवी प्राविको क्वारेन्टिनमा रहेका मानिसहरु सुत्ने एकै ठाउँ भान्छा भने बेग्ला बेग्लै रहेको छ ।
'हामी हिजो भारतबाट आएर यस क्वारेन्टिनमा बसेका हौं । ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरका कमल नेपालीले भने, यहाँ साह्रै असुविधा त थियो नै त्योभन्दा पनि पीडा जातिय विभेदको भयो । करिव ३० जना जति छौं त्यस मध्ये दलित समुदाका त्यस्तै बिसु बाइस जना जति छौं । अरु जातिहरुले हामी उपल्लो जाति हो । त्यसैले हामीले बेग्लै पकाएर खान्छौं भनेर आफै पकाउनु हुन्छ । हामी बेग्लै पकाउँछौं ।
उनका अनुसार क्वारेन्टिन भन्नु मात्रै हो । सामाजिक दूरीको मतलव नै छैन । सबै लहरै सुत्ने गरिएको छ । चामल दाल, तेल नुन दिएका छन् । तरकारी आफै किनेर खाऊ भन्छन् । कोही फर्केर आउँदैनन् । असाध्धै दुख छ,
त्यहाँ बस्नेहरुले भने ।
क्वारेन्टिनमा पनि जातिय विभेद भन्ने गुनासो नि भन्ने प्रश्नमा गर्दै ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टललाई ध्यानकृष्ट गराउँदा उनले भने, 'म आफै क्वारेन्टिनमा छु । जान पाएको छैन । के रहेछ बुझेर जानकारी दिउला ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै