केन्द्रीय संस्करण

दक्षिण अमेरिकामा स्थिती चिन्ताजनक, डब्ल्यूएचओले दियो चेतावनी

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

विश्व स्वास्थ्य संगठनले मध्य र दक्षिण अमेरिकामा कोरोना महामारी आफ्नो उच्चतम स्तरसम्म पुगिनसकेको भन्दै चेतावनी जारी गरेको छ । यसैबीच थुप्रै देशले लकडाउनमा छुट दिन सुरु गरिसकेको छ । डब्ल्यूएचओका डा. माइक रियानले मध्य र दक्षिण अमेरिकामा हाल कोभिड–१९ संक्रमणको स्थिती गम्भीर बनेको जानकारी दिएका छन् ।

मेक्सिकोमा अहिलेसम्म करिब १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यसैबीच यहाँ उत्खननको कार्य सुरु गरिसकिएको छ । दुई महिनाको लकडाउन पछि सोमबार यहाँ कार उत्पादन र निर्माण कार्य पुनः सुचारु गरिएको छ ।

यस्तै, ब्राजिलमा साओ पाउलोसमेत विभिन्न शहरमा लकडाउन खुकुलो पारिएको  छ । ब्राजिल कोरोना संक्रमणको मामिलामा अमेरिकापछि दोस्रो स्थानमा छ । यहाँ हालसम्म २९ हजार ३ सय १४ को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.