शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

११ महिनाअघि दिवंगत पितालाई सम्झिएर भावुक भएका थिए वाजिद खानः लेखेका थिए, ‘तपाईंलाई पुनः भेट्ने प्रतिक्षा गरिरहेछु’

मङ्गलबार, २० जेठ २०७७, ०९ : २८
मङ्गलबार, २० जेठ २०७७

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार अबेर राती कोरोनाभाइरसको संक्रमणका कारण उनको निधन भएको हो । ७ वर्ष अघि वाजिदले आफ्नो पिता गुमाएका थिए । तर उनले आफ्नो बुवालाई आफ्नो यादबाट कहिले बिलिन हुन दिएनन् । ११ महिना अघि वाजिदले आफ्नो पिताको छैटौं पुण्यतिथीमा भावुक पोस्ट साझा गरेका थिए जसमा उनले बुवालाई असाध्यै याद गर्ने र उनलाई अर्कोपटक नभेटुञ्जेलसम्म प्रतिक्षा गरिरहेको बताएका थिए ।

वाजिदले लेखेका थिए, ‘तपाईं बिना ६ वर्ष बितिसकेको छ पापा । तर तपाईंलाई नसोची एक दिन पनि बितेको छैन । जीवनमा धेरै कुरा परिवर्तन भइसकेको छ । तर दिन बित्दै जाँदा, तपाईंको याद अझै धेरै आउन थालेको छ । तपाईंको कमी असाध्यै महसुस हुन्छ । तपाईंलाई पुनः भेट्ने प्रतिक्षा गरिरहेको छु । तपाईंलाई सधैं माया गर्छु, याद गर्छु ।’


सन् १९९६ मा संगीत निर्देशकको रुपमा काम सुरुः

साजिद–वाजिदको जोडीले सन् १९९९ मा सलमान खान 􄑻स्टारर प्यार किया तो डरना क्या बाट संगीत निर्देशनको सुरुवात गरेका थिए । यद्यपि, फिल्ममा उनीहरुको एउटा मात्रै ‘तेरी जवानी’ बोलको गीत थियो । त्यसपछि हेलो ब्रदर, चोरी चोरी, मुझसे सादी करोगी, पार्टनर, वीर, जुड्वा टु र दबंग थ्रीमालगायत थुप्रै फिल्ममा उनीहरुले संगीत दिए । उनको निर्देशनमा बनेको अन्तिम गीत ‘भाइभाइ’ केहि दिन अघि इदमा रिलिज भएको थियो जसमा सलमानको स्वर रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप