शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – बेलायती महारानी एलिजावेथको राज्यारोहण

मङ्गलबार, २० जेठ २०७७, ११ : ११
मङ्गलबार, २० जेठ २०७७

२ जुन, सन् १९५३ मा आजैका दिन वर्तमान बेलायती महारानी एलिजावेथ दोस्रोले राज्यरोहण गरेकी थिइन् । उनी बेलायत, क्यानेडा, अस्ट्रेलिया, न्युजिल्याण्डसहित १५ भन्दा बढी कमनवेल्थ देशकी महारानी हुन् ।

६ फेब्रुअरी, सन् १९५२ मा पिता जर्ज छैटौँको मृत्युपछि एलिजावेथलाई महारानी बनाउने घोषणा गरिएको थियो । राज्यरोहणका अवसरमा केन्टबरीका विशप ज्याफ्री फिसरले महारानीलाई राजशाहीका चार चिन्ह – राजदण्ड, दयाको छडी, एउटा विशेष धातुबाट बनाइएको औँठी र र राज चिन्ह हस्तान्तरण गरेका थिए र उनको शिरमा सेन्ट एडवर्डको मुकुट राखिएको थियो ।

२१ अप्रिल, १९२६ मा लण्डनमा जन्मिएकी एलिजावेथले घरमै पढेकी थिइन् । सन् १९३६ मा पिता जर्जले गद्दी सम्हाल्ने बित्तिकै एलिजावेथ उनको उत्तराधिकारी हुने तय भइसकेको थियो । सन् १९४७ मा ड्युक अफ एडिनबराका राजकुमार फिलिपसँग एलिजावेथले विवाह गरेकी थिइन् । 

महारानी एलिजावेथ अहिले ९४ वर्षकी छिन् । छोरा युवराज चाल्र्स,  नाति नवयुवराज विलियम र पनाति नवयुवराज जर्ज एलिजावेथका उत्तराधिकारी हुन् । कोभिड–१९ महामारीपछि सार्वजनिक रुपमा नदेखिएकी महारानी आइतबार भने घोडा सवारी गर्दै गरेको अवस्थामा तस्विरमा कैद भएकी थिइन् ।

अन्य घटनाक्रम

सन् १९६६– अमेरिकाको पहिलो मानवरहित अन्तरिक्ष यान चन्द्रमाको जमिनमा सफलतापूर्वक अवतरण ।

सन् १९९६ – सोभियत संघको विघटनपछि सम्झौताअनुसार युक्रेनले आफ्नो अन्तिम परमाणु युद्धास्त्र पनि रुसलाई हस्तान्तरण ग-यो, यससँगै युक्रेन परमाणुरहित देश बन्यो । 

सन् २००३– म्यान्मारमा जनतान्त्रिक नेता आन साङ सूची पक्राउ परेपछि देशका सबै शिक्षण संस्था बन्द ।

सन् २०१४ – आन्द्र प्रदेशबाट टुक्रिएर तेलांगाना भारतको २९ औं राज्य बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप