शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके दुर्घटना : एउटा परिवारको वंश नै सिद्धियो

मङ्गलबार, २० जेठ २०७७, ११ : ४७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौँ । सोमबार बाँकेको अगैया नजिकै भएको सवारी दुर्घटनामा दाङका एकै घरका तीन जनाको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका–३ पातेटाकुरा निवासी ३२ वर्षीय पूर्णबहादुर पुन, उनकी २७ वर्षीया पत्नी सीता पुन र उनीहरुका १० वर्षका एक्ला छोरा हिमान्सु पुनको मृत्यु भएको हो ।

शान्तिनगर–३ का वडाध्यक्ष बुद्धिराम तिवारीले पुनको वंश नै नाश हुने गरी भएको दुःखद घटनाले गाउँ नै शोकमा डुबेको बताए ।

रोजगारीको खोजीको लागि डेढ वर्षअघि उनीहरु स–परिवार चन्दिगढ गएका थिए । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासदीका कारण उनीहरु आइतबार राति नेपालगञ्ज हुँदै दाङस्थित घर फर्किन लागेका थिए ।

तर, उनीहरु फर्किरहेको गाडी पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा रोकिराखेको ट्रकसँग ठोक्किन पुग्यो ।

ना५ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा चालक सहचालकसहित १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । छिमेकी देश भारतबाट आएकाहरुलाई नेपालगञ्जको सीमा नाका जमुनाहबाट ल्याएर उक्त फोर्स गाडी बाँकेबाट दाङतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप