बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसका मधेसी सांसदहरु पनि संविधान संशोधन विधेयक दर्ता गराउन पुगे

मङ्गलबार, २० जेठ २०७७, १५ : ०७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु पनि संविधान संशोधनका लागि विधेयक दर्ता गराउन सिंहदरवारेिस्थत संसद सचिवालयको कार्यालयमा पुगेका छन् । 

सांसदहरु गैरसरकारी विधेयकको रुपमा संशोधन प्रस्ताव दर्ता गराउन गएका हुन् । अहिले संसद सचिवालयका कर्मचारीले प्रस्ताव अध्ययन गरिरहेको काँग्रेसका नेता एवं सांसद डा अमरेशकुमार सिंहले बताए ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ वैशाख ११ गते संसदमा दर्ता गराएको जस्तै अहिले अर्को नयाँ विधेयक दर्ता गराउन लागेको सो पार्टीका सांसद तेजुलाल चौधरीले बताए । 
त्यसमा केही कुरा तलमाथि भएपनि त्योबेलाको जस्तै प्रस्ताव लगभग उस्तै उस्तै रहेको उनले बताए ।

त्यतिबेला काँग्रेस नेतृत्वको सरकारले धारा ६ र ७ को भाषा सम्बन्धी धारालाई संशोधन गर्न माग गरेको थियो भने धारा ११ मा रहेको नागरिकको विषयमा पनि संशोधन माग गरेको थियो । त्यस्तै धारा ८६, २१५, २७४, २८७, २९५ र २९६ धारामा पनि संशोधन माग गरेको थियो ।

त्यतिबेला पनि सो विधेयक तत्कालिन मधेसी दलको दवावमा काँग्रेस नेतृत्वको सरकारले संसदमा संशोधनको लागि पेस गरेको थियो तर तत्कालिन एमालेले सहयोग नगरेपछि विधेयक संसदबाट पास हुन सकेका थिएन । 

अहिले फेरि मधेसी दलहरुले संशोधन विधेयक दर्ता गराएपछि काँग्रेसका मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुको अगुवाइमा सो विधेयक दर्ता गराउन लागिएको हो । 

मधेशवादी दलले छुट्टै  विधेयक दर्ता गराए पछि नेकपा र काँग्रेस मधेश विरोधी दल भएको भन्ने सन्देश मधेशमा गएको छ । त्यसले गर्दा हतार हतारमा काँग्रेसमा मधेसी सांसदले पनि सो विधेयक दर्ता गराएको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप