राष्ट्रियसभामा सरकारको वार्षिक प्रतिवेदन पेश
मङ्गलबार, २० जेठ २०७७, १५ : १२
काठमाडौं । राष्ट्रियसभामा नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको सो वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।
बैठकमा तथ्याङ्क विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गरेका थिए । अर्थमन्त्री डा.खतिवडाले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ लाई दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ