शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अछामका ९ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २० जेठ २०७७, १५ : २३
मङ्गलबार, २० जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ । 

सुर्खेत स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा  मंगलबार अछाम जिल्लाका ९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । 

  स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवदत्त जोशीका अनुसार संक्रमितमध्ये ८ जना मेल्लेख गाउँपालिका र १ जना मंगलसेन नगरपालिका निवासी हुन् । यससँगै अछाम जिल्लामा ११ जना कोभिड १९ का संक्रमित फेला परेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप