झुण्डिएको अवस्थामा शव फेला
मङ्गलबार, २० जेठ २०७७, १५ : ५५
दाङको लमहीमा एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली निवासी ४७ बर्षिय नर बहादुर घर्ती मगरको शव झुण्डिएको अबस्थामा फेला परेको हो ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित आफ्नै घरको चर्पीमा झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिए ।
शवको पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ । मृतक घर्ती दम, सुगर लगायतका रोगहरु बाट ग्रसित रहेको पारिवारिक स्रोतले जनाएको छ । घर्ती स्वास्थ्य उपचारका लागि सुकौली बाट करिब १ हप्ता अघि बनघुस्री स्थित घरमा आएका थिए । घर्तीका ४ छोरा र ३ बुहारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना, हिमाली भूभागमा हल्का हिमपात
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
निसीखोला बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो, २५ घाइतेलाई बागलुङ पठाइयो
-
इरानमा महसा अमिनीको मृत्युको विरोधमा भएको प्रदर्शनमा २८१ व्यक्तिको मृत्यु : प्रतिवेदन
-
उत्तर कोरियाले रुसलाई सात हजार हतियार पठाएको सियोलको दाबी
-
नेपाल र युरोपियन युनियनबिचको संयुक्त आयोगको १५ औँ बैठक मंगलबार