मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्वारेन्टिनमा बस्नेको गुनासो : धमिलो पानी खानु परेको छ

मङ्गलबार, २० जेठ २०७७, १५ : ५९
मङ्गलबार, २० जेठ २०७७

मुगुु । मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित महाकाली नमुना उच्चमाध्यमिक विद्यालय भबनको क्वारेन्टिानमा बसेकाहरुले क्वारेन्टिनमा हुनुपर्ने न्युनतम सेवा सुुविधा नपाएको भन्दै गुनासो गरेका छन् ।

उनीहरुले क्वारेन्टिनमा खाना र पिउने पानीको समेत अभाव रहेको गुनासो गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानबाट आएका ३ महला र १७ पुरुष गरी २० जनालाई राखिएको छ ।

‘धमिलो खानेपानी पिउनुपरेको छ । धुलो र बालुवैबालुवा भएको कोठामा म्याटिक्समा सुत्नु परेको छ’, छायानाथ नगरपालिका १ की दुर्गा मल्लले भनिन् ‘चर्पी र बाथरुम समेत छैन । यस्तो ठाउँमा बस्दा आफ्नोस्वास्थ्यर सुरक्षित अवस्थामा घर फर्किन सकिने हो होइन भन्ने चिन्ता लागेको छ ।

भारतबाट आई बिगत सात दिनदेखि क्वारेन्टिानमा बसेका छायानाथ रारा नगरपालिका वडा नं १२ कम्फाका सागर परियारको पनि उस्तै गुनासो छ । ‘सुरुका दुई दिन भोकभोकै बस्नुपर्यो पछि घरबाटै खाना ल्याएर खाने गरेको छु’, परियारकोे भनाई छ । उनले क्वारेन्टिनमा बस्नेका समस्या समाधानका लागि नगरपालिकालाई अवगत गराएपनिवेवास्ता गरेको गुनासो गरे ।

भारतबाटैआएका अर्का छायानाथ नगरपालिका वडा न.१का नन्दराज मल्ललेपनि क्वारेन्टिनमा सेनिटाइजर, साबुन,माक्स समेत नदिएको बताए । महिला र पुरुषलाईएउटै कोठामा राख्ने गरेको स्थानीय तारा बि.कले बताइन् ।

छायानाथ रारा नगरपालिकाले नगरपालिका भित्रका चौध वडाकै बिकास निर्माण योजनाको रकमबाट रकम कटौती गरि कोरोनो भाइरस (कोभिड(१९) का लागि एक करोड दस लाख छुट्टयाएपनिनगर प्रमुखको लापरबाहीका कारण क्वारेन्टिन ब्याबस्थापन भद्रगोल भएको नगर उपप्रमुख सुन्तला रोकोयाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप