मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काश्मिरमा १ जना मारिए: भारतीय प्रहरी

मङ्गलबार, २० जेठ २०७७, १६ : ०१
मङ्गलबार, २० जेठ २०७७

एजेन्सी । भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ । काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । 

काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा प्रहरीको कारबाही भने जारी रहेको छ ।

यसअघि सोमबार मात्र पनि भारतीय सेनाले गरेको आतंककारी विरोधी कारबाहीका क्रममा भारत र पाकिस्तानी सीमा क्षेत्र लाइन अफ कन्ट्रोलको नसुअरा क्षेत्रमा तीन जना आतंककारी मारिएका भारतीय सेनाले जानकारी दिएको थियो । त्यस क्षेत्रमा भारतीय सेनाले घुसपैठ भइ आउने आतंककारीहरुको खोजी अभियानलाई जारी राख्ने पनि जनाएको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप