मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हाजिरी जमानीमा हिरासतमुक्त भए भीआईपी जुवाडे

मङ्गलबार, २० जेठ २०७७, १६ : १३
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भिआइपी जुवाडेहरुलाई प्रहरीले हाजिरी जमानीमा छाड्ने तयारी गरेको छ । 

मङलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ५ दिन थप हिरासतामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमती दिएपनि प्रहरीले हाजिरी जमानीमा छाड्ने तयारी गरेको हो ।

कोरोना भाइरसको महामारीका कारण जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार उनीहरुलाई छाड्न लागिएको हो । 

सोमबार राति काठमाडौंस्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा  ९ जना व्यापारीलाई महानगरीय प्रहरी वृत दरबारमार्गले पक्राउ गरेको थियो । कमलादीस्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैयाँ सहित पक्राउ गरिएको वृतका प्रमुख रन्जन दाहालले जानकारी दिए ।

पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन्।

त्यस्तै होटलका सञ्चालक भारतका मिक्की जोगाइ पनि पक्राउ परेको दाहालले बताए । दाहालका अनुसार पक्राउ परेका जुवाडेको साथबाट १०००, ५०० र १००का १७९ वटा चिप्स पनि बरामद भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप