शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिनमा रहेका व्यक्तिहरुको १४ दिनभित्र अनिवार्य पीसीआर परीक्षण गरिसक्न निर्देशन

मङ्गलबार, २० जेठ २०७७, १६ : १७
मङ्गलबार, २० जेठ २०७७

संसदीय समितिले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको १४ दिनभित्र अनिवार्य पीसीआर परीक्षण गरिसक्न सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कुनै व्यक्ति क्वारेन्टिनमा बसेको १४ दिनभित्र पीसीआर गरिसक्न निर्देशन दिएको हो । 

समिति सभापति विमल प्रसाद श्रीवास्तवले विदेशबाट आउने महिला, गर्भवती महिला, जेष्ठ नागरिक लगायतको निःशूल्क परीक्षणको व्यवस्था गर्न पनि निर्देशन दिए । 

रोजगारी गुमाएर विदेशबाट आउने नागरिकहरुको व्यवस्थापन गर्दै स्वदेश आउनै पर्ने अवस्थामा रहेकाहरुर्ला तत्काल ल्याउन पनि समितिले निर्देशन दिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तत्काल नेपाल फर्किन चाहानेहरुको आधिकारिक तथ्याङ्क संकलन भइरहेको बताए । विभिन्न प्राथमिकताका क्षेत्र तोकेर दुतावासहरुलाई तथ्याङ्क संकलनका लागि निर्देशन भएको उनले बताए । 

कोभिड-१९ को संक्रमणको असर वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा पनि परेको छ । अध्ययन वा अन्य शिलशिलामा विदेश गएका नागरिकहरु पनि लकडाउनका कारण उतै रोकिएका छन् । सरकारले आफ्ना नागरिक स्वदेश फर्काउने तयारी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप