शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंक अफ काठमाण्डुद्वारा वीर अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण सहयोग

मङ्गलबार, २० जेठ २०७७, १६ : ४७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं– बैंक अफ काठमाण्डु लिमिटेडले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत श्री बीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको छ । 

बैंकद्वारा चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका उप कुलपति प्रो.डा. देव नारायण शाहलाई एक कार्यक्रमका बीच उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरु हस्तान्तरण गरीएको हो ।  जसअन्र्तगत बैंकले २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण, २०० थान मास्क र २०० थान फेस सील्डहरु हस्तान्तरण गरेको छ । 

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहनु भएका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

लकडाउनको अवधिमा पनि अत्यावश्यक सेवा अन्र्तगत  यस बैंकले  एटीएम सेवा, नगद काउण्टर, रेमिट्यान्स लगायत एलसी, ग्यारेन्टी जस्ता सेवा सुविधाहरु प्रदान गर्नुका साथै आफ्ना ग्राहकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग जस्ता डिजिटल बैंकिङ्ग माध्यमहरुको अत्याधिक प्रयोग लाई उचित बढावा र प्रोत्साहन दिदै आईरहेको जानकारी समेत गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप