बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

२ जना मृत अवस्थामा फेला

मङ्गलबार, २० जेठ २०७७, १७ : २७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । बारा र सोलुखुम्बुमा २ जना मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीका अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ५४ वर्षीय नारायण साह मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

सोही ठाउँस्थित जगदम्बा स्टिलको नयाँ सियाराम प्लान्टमा कामगर्ने साहउक्त भवनको मुलगेटमामृत अवस्थामा फेला परेका हुन् । 

यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका-४ बाट माहाकुलुङ गाउँपालिका-५स्थित बाटो खनिरहेको दक्षिणकाली ईन्जिनियरीङ कन्ट्रक्सन प्रालिमा कामगर्ने स्काईभेटर चालक सिन्धुली फिक्कल गाउँपालिका-६ बस्ने २१ वर्षीय दिनेशकुमार राई मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । 

सोही गाउँपालिका-४ स्थित प्रेम कुमार राईको घरमा बेलुका खानाखाईसुतेका उनी सुतेकै ठाँउमा मृत्यु भएको अवस्थामा फेला परेका हुन् । 

यस सम्बन्धमास्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप