सिरहामा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, आजै १७ जना थपिए
मङ्गलबार, २० जेठ २०७७, १७ : ३४
सिरहा । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेका थप१७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
उनीहरु २० देखि ४४ वर्ष उमेर समूहको रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ४७ पुगेको छ । सिरहाका संक्रमित अधिकांश छिमेकी मुलक भारतबाट फर्केका हुन् ।