मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसूति गृहमा सुत्केरी हुन भर्ना भएकी गर्भवतीलाई कोरोना

मङ्गलबार, २० जेठ २०७७, २१ : ०३
मङ्गलबार, २० जेठ २०७७

थापाथलीस्थित प्रसूति गृहमा ६ दिनअघि भर्ना भएकी गर्भवती महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको  छ । सुत्केरी हुन अस्पताल भर्ना भएकी २२ वर्षीया महिलालाई उच्च ज्वरो आएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएको अस्पतालका निर्देशकडाक्टर जागेश्वर गौतमले बताए ।

सुत्केरी हुनका लागि ६ दिनअघि नै अस्पताल भर्ना भएपनि सुत्केरी बेथा नलागेको उनले बताए । संक्रमित गर्भवती महिलाको अवस्था सामान्य रहेको उनको भनाइ छ । संक्रमित गर्भवती महिलालाई कोभिड अस्तपाल पठाउने तयारी गरिरहेको उनले बताए ।

कोभिड अस्पतालमा सुत्केरी गराउन नमाने  प्रसूति गृहमा नै गराउने समेत उनले बताए । गर्भवती महिलामा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मी ट्रेसिङ भइरहेको उनले बताए ।

उपचारमा संलग्न चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राखिसकेको निर्देशक गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप