शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक प्रहरीद्वारा लकडाउनमा थप कडाई, आजमात्रै १ हजार ८०६ सवारी नियन्त्रणमा

मङ्गलबार, २० जेठ २०७७, २१ : ४६
मङ्गलबार, २० जेठ २०७७

सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्नेमाथि ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । 

आम नागरिकहरूकोअत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै  एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको हो । 
लकडाउन खुकुलो भन्नु सही नभएको पनि ट्राफिक प्रहरी महाशाखाले दावी गरेको छ । 

आज मात्रैकाठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५८४ वटा २ पाङ्ग्रे र २२२वटा पाङ्ग्रे गरी जम्मा१ हजार ८०६वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद  ढकालले दिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको ढकालले बताए । 
काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७ हजार ३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ । 

पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर पनि विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी ट्राफिक प्रहरीले दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप