शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बनेपामा खाना पकाउने ग्यास चुहिएर आगलागी, दुईको मृत्यु

मङ्गलबार, २० जेठ २०७७, २२ : ००
मङ्गलबार, २० जेठ २०७७

कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी हुँदा पाँच जना घाइते भएको थिए । घाइते सबै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार गराइरहेकोमा आज वर्ष २६ का रुकेश शाह ठकुरी र वर्ष १६ को आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए । 

घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा क्षति पुगेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप