बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलमा रेकर्ड स्तरको मृत्यु, खतरामा आदिवासी

बुधबार, २१ जेठ २०७७, ०६ : ०९
बुधबार, २१ जेठ २०७७

ब्राजिलमा एकपटक पुनः एक दिनमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या रेकर्ड स्तरको पुगेको छ । यहाँ मृतकको संख्या तीन हजार नाघेको छ ।

वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मंगलबार यहाँ १२ सय ३२ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ३१ हजार २ सय ७८ रहेको छ । यहाँ एकैदिन २७ हजार २ सय ६३ संक्रमित भेटिएका छन् । हालसम्म यहाँ कूल संक्रमितको संख्या ५ लाख ५६ हजार ६ सय ६८ रहेका छन् ।

पेन अमेरिकन हेल्थ हेल्थ अर्गनाइजेशनका अनुसार सरकार अहिले पनि भाइरस रोक्नका लागि पर्याप्त कदम उठाइरहेको छैन । पिएएचओले भाइरस रोक्नका लागि लागू गरिएको प्रतिबन्ध खुकुलो नबनाउन चेतावनी दिएको छ ।

पिएएचओले आफूहरु ब्राजिलका मूल निवासीको अगाडि पैदा भएको खतराका लागि चिन्तित भएको बताएको छ । संस्थाले आदिवासी समुदायको राम्रोसँग निगरानी गर्न पनि आग्रह गरेको छ ।

संस्थाले अमेजन क्षेत्रमा अवैध उत्खननका कारण आदिवासीका लागि भाइरसको खतरा बढ्न सक्ने पनि जानकारी दिएको छ ।

 ब्राजिलको सबैभन्दा ठूलो आदिवासी समुदायमध्ये एक यानोमामीका थुप्रै सदस्यको मृत्युपछि उत्खनन हटाउने माग गरिएको छ । यानोमामी समुदायका मानिसहरु आफ्नो इलाका बाहिरी मानिसबाट टाढै होस् भन्ने इच्छा राख्छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप