बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा एक डाक्टरको मृत्युपछि प्रशासनको व्यापक आलोचना

बुधबार, २१ जेठ २०७७, ०८ : २१
बुधबार, २१ जेठ २०७७

चीनको ऊहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्टको रुपमा काम गरिरहेका डाक्टर हू विफेन्गको मृत्युपछि मानिसहरु त्यहाँको प्रशासनको आलोचना गरिरहेका छन् । कोरोनासँग चार महिनाको लामो युद्धपछि जून २ मा विफेन्गको मृत्यु भयो । उनी जनवरीमा कोरोनाद्वारा संक्रमित पाइएका थिए र कोरोनाका कारण मृत्यु हुनेमा अस्पतालका छैटौं डाक्टर हुन् ।

जुन अस्पतालमा हू विफेन्ग काम गर्दथे त्यहाँ गत वर्ष डिसेम्बरमा कोरोनाबारे पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियान्ग पनि काम गर्दथे । कोरोनाबारे चेतावनी दिँदा प्रशासले ली वेनलियान्गलाई आफ्नो मुख बन्द राख्न भेनेका थियो । पछि ली वेनलियान्गले अस्पतालबाटै एउटा भिडियोमार्फत् आफ्नो कहानी पोस्ट गरेका थिए ।

हू विफेन्गको मृत्युबारे खासै जानकारी उपलब्ध छैन । उनको मृत्युपछि सोशल मिडियामा मानिसहरुले कोरोना महामारीसँग जुध्नका लागि चिनियाँ सरकारको कोसिसको आलोचना गरिरहेका छन् । बिरामी हुँदा कलेजोले राम्रोसँग काम नगर्दा उनको छालाको रङ कालो भएको थियो । चीनमा उनी र उनका साथी कार्डियोलोजिस्ट यी फेनलाई कालो अनुहार भएका ऊहानका डाक्टर भन्न थालिएको थियो । धेरै मानिसहरुले उनलाई कोरोनाविरुद्ध युद्ध लड्ने एक हिरोको रुपमा हेर्न थालेका थिए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप